
झापा, २३ भदौ । गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना तथा सम्मानमा आज ‘जेन्जी सहिद दिवस’ मनाइँदैछ। दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले देशको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो। आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदानको सम्मान तथा उनीहरूको स्मरणमा सरकारले ‘जेन्जी सहिद दिवस’ घोषणा गर्दै सार्वजनिक बिदा दिएको हो।
यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
Facebook Comments Box


