
झापा, २३ भदौ । लगातार दुई दिन घटेको सुनचाँदीको भाउ आज बढेको छ ।
सुनको भाउ आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । आज भाउ बढेर सुन तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १०० रुपैयाँले बढेर तोलाको ४ हजार ७९० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसअघि हिजो चाँदी तोलामा ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ६९० रुपैयाँमा करोबार भएको थियो ।
Facebook Comments Box


