
अर्जुनधारा, २४ भदौ । झापाको अर्जुनधारा नगरपालिका–३ मा निर्माण हुन लागेको सुखानी आदिवासी जनजाति मलामी विश्रामस्थलका लागि कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार कार्यालय, विराटनगरबाट उक्त योजनाका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको हो । मंगलबार योजनाको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधारसम्बन्धी मन्त्री चिन्तन पाठक, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, कार्यपालिका सदस्य चन्द्रमाया तामाङ तथा पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ ।
स्थलगत निरीक्षणका क्रममा योजनाको निर्माणस्थल, आवश्यक पूर्वाधार तथा निर्माण कार्य अघि बढाउने विषयमा आवश्यक छलफल गरिएको जनाइएको छ । स्थानीय आदिवासी जनजाति समुदायका लागि मलामी विश्रामस्थल निर्माण भएपछि अन्त्येष्टि तथा संस्कारका क्रममा आवश्यक विश्राम र अन्य सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।


