
झापा, २६ भदौ । आज सुनको भाउ ४ हजार ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा ३ हजार ४०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८५५ रुपैयाँ थियो ।
Facebook Comments Box


