
झापा, ३० भदौ । सुनचाँदीको भाउ आज पनि घटेको छ ।
सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीजको दिन हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो ।
सुन हिजो तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो ।
आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको ४ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
Facebook Comments Box


