
झापा, ५ असोज । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ २ हजार १०० ले बढेर तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । चाँदी तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box


