
झापा, २१ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य रु ८०० र चाँदीको मूल्य रु १० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।
Facebook Comments Box


