इलाम, ३१ असोज । इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा एक पुरुष घरभित्र मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय कमल परियार रहेका छन्। उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा चोट लागेको अवस्थामा आफ्नै घरमा शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयले शनिबार बिहान करिब ८ः३० बजे प्रहरी चौकी हर्कटेलाई घटनाबारे जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Facebook Comments Box


