मोरङ, १ कात्तिक। मोरङको पथरीशनिश्चरे नगरपालिका–५ त्रिवेणी चोक स्थितबाट असोज ३१ गते प्रतिबन्धित औषधि सहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले भैराहाबाट सुगा तर्फ आउदै गरेको को २० प ४७२३ नम्बरको स्कुटरलाई संकालागी चेकजाँच गर्ने क्रममा सुनसरीको धरान उप–महानगरपालिका–६ पानमाराका २७ वर्षीय पुरन मगर र पथरीशनिश्चरे–५ का २२ वर्षीय दुर्गा ऋषिदेवको साथबाट ट्रामाडोल ९९० क्याप्सुल र निट्राजेपाम ४८ क्याप्सुल फेलापारी स्कुटर सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
Facebook Comments Box


