झापा, ३ कात्तिक । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन् । बाह्रदशी गाउँपालिका–२ स्थित जनता बजारमा जङ्गली हात्तीले कुल्चिँदा ७० वर्षीया लजमा खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसैगरी, चैतनियाबारीस्थित बिरिङ खोलामा जङ्गली हात्तीको आक्रमणबाट ७५ वर्षीय झप्टु राजवंशी घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ । झापाका विभिन्न क्षेत्रमा जङ्गली हात्तीको आवतजावत र आक्रमणका घटनाले स्थानीय बासिन्दामा त्रास बढाएको छ । हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

Facebook Comments Box



