निशान निरौला
इलाम, ९ कात्तिक । इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान करिब ६ः३० बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा गरिएको प्रारम्भिक जाँचका क्रममा बोलेरो चालक देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

Facebook Comments Box



