झापा, ९ कात्तिक । पूर्वी तराईमा दशैंको आगमनसँगै रौनक थप्ने नृत्य हो– सन्थाल नृत्य । गाउँ, सडक र गल्लीमा सुनिने ढोल–मादलको आवाज र देखिने सन्थाल नाचले छुट्टै सांस्कृतिक रौनक थप्ने गर्छ ।
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गनेर् आदिवासी सन्थाल समुदायले दशैंका अवसरमा पुस्तौंदेखि यो नृत्य प्रस्तुत गदैर् आएका छन् । झापाको बिर्तामोडस्थित गरामनी, भद्रपुर, झापा गाउँपालिका, कचनकवल लगायतका स्थानमा लाग्ने दशैं मेला सन्थाल नृत्य बिना अधुरै हुन्छ ।

टाउकामा नेपालको राष्ट्रिय झण्डा राखी समान प्रकारका पहिरनमा कछाड र कुर्ता लगाएर शरीरका विभिन्न अंग हल्लाउँदै एकनासले गरिने सन्थाल नाच अन्य नृत्यभन्दा पृथक मानिन्छ । ढोल, मादल र घुँघरुको तालमा सन्थाल समुदायका महिला तथा पुरुष घण्टौंसम्म नाच्ने गर्छन् ।
विगतमा दशैंका बेला घर–घर पुगेर सन्थाल समुदायका मानिसहरु नृत्य प्रस्तुत गर्दथे । तर, अहिले भने विभिन्न मेला तथा सांस्कृतिक कार्यक्रममा मात्र यो नृत्य सीमित हुँदै गएको छ । सन्थाल नृत्यप्रति युवा पूस्ताको आकर्षण समेत घट्न थालेको छ ।
सन्थाल समुदायको आर्थिक अवस्था कमजोर हुनु, रोजगारी तथा सुविधाको खोजीमा बसाइँसराइ बढ्नु र नयाँ पुस्तामा परम्परागत नृत्यप्रति आकर्षण घट्नु यसको प्रमुख कारण मानिएको छ । अग्रजहरू आफ्नो मौलिक संस्कृति नै हराउँदै जान थालेको भन्दै चिन्तित छन् ।
सन्थाल समुदायका पूर्वसांसद मोहन टुडूका अनुसार आर्थिक तथा सामाजिक कारणले समुदायका धेरै मानिस भारततर्फ पलायन हुँदा परम्परा संरक्षणमा थप कठिनाइ भएको छ । ‘एकातिर सन्थाल लोपोन्मुख जाति हो, अकोर्तिर सुविधा र रोजगारीका लागि भारततर्फ पलायन हुने क्रम बढेको छ’, उहाँले भन्नुभयो, ‘यसले परम्परा धान्ने मानिसको संख्या पनि घटाउँदै लगेको छ ।’
कोरोना संक्रमणका बेला सन्थाल नृत्यको गतिविधि झण्डै शून्यजस्तै बनेकामा पछिल्लो समय विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेलामार्फत सन्थाल नाच पुनः विस्तारै सक्रिय हुन थालेको उहाँ बताउनुहुन्छ ।
सन्थाल नाच केवल मनोरञ्जनको माध्यम नभई समुदायको इतिहास, पहिचान र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणका लागि नयाँ पुस्तालाई जोड्नुपनेर् सन्थाल अनुवाहरुको भनाइ छ ।
स्थानीय सरकारले समेत लोपोन्मुख जातिको धर्म, संस्कार, संस्कृति, परम्परा, भेषभूषको संरक्षणमा विशेष कार्यक्रम ल्याउन आवश्यक छ । झापाका केही पालिकाले सन्थाल समुदायको चाडपर्वको संरक्षण, जिविकोपार्जनमा टेवा पु¥याउन बजेटदेखि विभिन्न कार्यक्रम गरेका छन् । तथापि, त्यो भने पर्याप्त छैन ।
पूर्वी नेपालको तराई क्षेत्रमा सदियौंदेखि बसोबास गदैर् आएको सन्थाल समुदाय आफ्नो मौलिक संस्कृति, परम्परा, नृत्य, संगीत र प्रकृतिप्रतिको आस्थाका कारण छुट्टै पहिचान बोकेको आदिवासी समुदाय हो ।
२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा सन्थाल समुदायको कुल जनसंख्या ५७ हजार ३१० रहेको छ । यसमध्ये करिब ६१ प्रतिशत झापा र ३८ प्रतिशत मोरङ जिल्लामा बसोबास गनेर् तथ्यांक छ । नेपालबाहेक भारत, बङ्गलादेश र भुटानलगायतका देशमा पनि सन्थाल समुदायको ठूलो संख्यामा बसोबास रहेको पाइन्छ ।
प्रकृतिसग जोडिएको जीवनशैली
सन्थाल समुदाय आफूलाई प्रकृतिको सन्तानका रूपमा लिने गर्छ । प्रकृतिप्रतिको गहिरो आस्था रहेको यस समुदायले सालको रूखलाई पवित्र मान्दै प्रकृति पूजा गनेर् परम्परा छ । उनीहरूको सामाजिक जीवन, धार्मिक विश्वास र संस्कारमा प्रकृतिको महत्वपूर्ण स्थान रहेको छ ।
सन्थाल समुदायको प्रमुख चाड ‘सोहराय’ हो । विशेष पूजाआजा, नाचगान र सांस्कृतिक गतिविधिसहित सोहराय पर्व करिब छ दिनसम्म मनाउने परम्परा रहेको छ । यसबाहेक दशैंलगायतका पर्वमा पनि सन्थाल समुदायले आफ्नै मौलिक बाजागाजा र नृत्य प्रस्तुत गनेर् गर्छ ।
घरदेखि पहिरनसम्म मौलिक पहिचान
सन्थाल बस्तीका घरहरूको बनावट पनि उनीहरूको मौलिक जीवनशैलीसँग जोडिएको हुन्छ । फुसको छाना भएका एकतले घरहरू बाक्लो र व्यवस्थित रूपमा निर्माण गरिएका हुन्छन् । लिउनले चिल्लो पारिएका भित्ता तथा आँगनले सन्थाल बस्तीलाई छुट्टै पहिचान दिने गर्छ ।
सरल, परिश्रमी र मिलनसार स्वभावका रूपमा चिनिने सन्थाल समुदायको सामाजिक जीवन सामूहिकता र आपसी सहयोगमा आधारित रहेको पाइन्छ । उनीहरूको भाषा, भेषभूषा, नृत्य, बाजागाजा, चाडपर्व तथा परम्परागत संस्कारले नेपालको बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई थप समृद्ध बनाएको छ ।



