भद्रपुर, १२ मंसिर । कर्णली प्रदेशको सुर्खेतमा १० औँ राष्ट्रिय खेलकुद आयोजना हुँदै गर्दा उक्त प्रतिायेगितामा कोशी प्रदेशको तर्फबाट आर्चरी खेलका लागि खेलाडी छनोट गरिुउको छ । कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत आर्चरीको छनोट खेल झापाको मेची रंगशालामा सञ्चालन भएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको छनोट प्रतिायेगितााट राष्ट्रिय खेलकुदका लागि चारजना महिला र चारजना पुरुष गरी ८ जना खेलाडी छनोट भएको कोशी प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ । मेची रंगशालामा प्रतियोगिता समापनपश्चात विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।


प्रदेश खेलकुद विकास बोर्डकी सदस्य तथा आर्चरी खेल संयोजक गीता पालुङ्वाको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिका, वडा नं. ८ का वडाध्यक्ष गौरब सुब्बा ‘मनोज’, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेल, आर्चरी संघ झापाका अध्यक्ष कविन राईलगायतले खेलाडीहरुलाई सफलताको शुभकामनासहित मेडल तथा प्माणपत्र वितरण गरेका थिए ।
समितिका कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समापन कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी आर्चरी खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता थियो ।
छनोट प्तिायेगितामा झापा, भोजपुर र खोटाङका खेलाडीहरुको सहभागिता रहेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए ।
भ्mापामा कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिताअनतर्गत पाँच विधाका खेलहरु सञ्चालन गरिएको र साधन–स्रोतको अभावका बावजुत सबै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको समितिका अध्यक्ष शेखर कँडेलले जानकारी दिए ।

