
ईलाम, २६ माघ । इलामको सूर्योदय नगरपालिका(४ मा रहेको सुवास गुरुङको खाली घरबाट ठुलो परिणाममा अबैध समानहरु बरामद भएको छ ।
भारतबाट भन्सार छली अबैध रुपमा नेपाल भित्र्याएर गुरुङको घरमा भण्डारण गरेको भन्ने सूचनाका आधारमा शनिवार साँझ पौने ६ बजे ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले बिभिन्न किसिमका लत्ता कपडा, ईलेक्ट्रोनिक्स समानहरु गरी अन्दाजी १५ लाख बराबरको अबैध सामान बरामद गरेको हो ।
अबैध रुपमा बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय बुझाईने उक्त कर्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

