
पाँचथर, २६ माघ । भ्रूण ह त्याको आ’रोप लागेपछि जिल्लाको कुम्मायक गाउँपालिकाका अध्यक्षसहित चारजना फ’रार भएका छन् । अध्यक्ष जयबहादुर चेम्जोङसहितको दबाबमा आफूले २१ हप्ताको ग’र्भपतन गराएको भन्दै १९ वर्षीया युवतीले प्रहरीमा उ’जुरी दिएपछि अध्यक्षसहित चारजना फ’रार भएका हुन् ।
पी’डित युवतीले जिल्ला प्रहरी कार्यालयमा ७ जनावि’रुद्ध उ’जुरी दिएकी छन् । त्यसमध्ये तीन जनालाई प्रहरीले प’क्राउ गरेको छ । पछि गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित चार जना सम्पर्कविहीन भएका हुन् । प्रहरीले फिदिमस्थित समर्पित हस्पिटलबाट भ्रूणको श व बरामद गरेको छ । प्लाष्टिकमा पोको पारेर माटोमा पुरेको अवस्थामा श ब फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
उक्त अस्पतालमा गत २६ पुसमा कुम्मायकाकै १९ वर्षीय युवतीको २१ हप्ताको ग’र्भप’तन गराइएको थियो । गर्भपतन गाउँपालिकाका अध्यक्ष चेम्जोङको द’वावमा गरिएको युवतीको दाबी छ । सोही गाउँपालिकाको स्याबरुम्बाका रमेश खड्कासँग अन्तरजातीय प्रेम विवाह गरेकी युवती गर्भवती भएपछि अध्यक्ष चेम्जोङसहित रमेशको परिवारले दवाव दिएर ग’र्भप’तन गराएको भन्दै युवतीले जा’हेरी दिएकी हुन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

