
काठमाडौं, १० चैत । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि लकडाउन गरिएको छ ।
कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन भन्दै राजधानी दिल्लीसहित विभिन्न राज्यमा सोमवार बिहान ६ बजेदेखि लकडाउन सुरु भएको हो । तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुने वीवीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुकासम्म जनता कर्फ्यू लागु गरिएको थियो । आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्यो । कोरोनाभाइरस सङ्क्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागु हुनेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

