
काठमाडौं, ११ चैत । कोरोना भाइरसले नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको समाचार सोमबार सार्वजनिक भएपछि सरकारले मंगलबार बिहानदेखि पुरै नेपाल लकडाउन गरेको छ । यो सँगै आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न पनि सरकारले अनुरोध गरेको छ । यसलाई आमजनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ ।
जनस्वास्थ्यका विज्ञहरू सरकारी अनुरोधलाई आमजनसमुदायले ग’म्भीर रूपमा नलिएको भन्दै चिन्ता व्यक्त गर्छन् । सरकारले सकेसम्म घरबाट ननिस्कन र सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेको छ ।
सोमबारबाटै चिनियाँ र भारतीय सबै नाकाबाट नेपाल प्रवेश गर्न बन्देज गरिएको छ भने कोभिड–१९ बाट प्रभावित ५० देशबाट हवाई मार्ग हुँदै नेपाल आउन रोक लगाइएको छ । राजधानी सहरका विभिन्न स्थानमा आवतजावतमा कमी आए पनि मानिसहरू झुन्डझुन्ड बनेर बस्ने स्थितिमा भने कमी आएको छैन, आजको नागरिक दैनिकमा समाचार छ ।
रेस्टुरेन्ट, किता/पत्रिका पसल, सार्वजनिक यातायात, किराना पसल र सडकहरूमा बेपर्वाह र असुरक्षित रूपमा मनिसहरूको भीडले कोरोना सं’क्रमण विस्तार हुन सक्ने चिन्ता विज्ञहरूको छ ।
दरबारमार्गको एक होटलमा काम गर्ने ३२ वर्षीया सुष्मा भण्डारीले कोरोनाबारे धेरै सुनेको तर जीविकाका लागि सार्वजनिक बसको यात्रा गर्नैपर्ने स्थिति रहेको बताउँछिन् । महाराजगन्जमा भेटिएका ३५ वर्षीय चन्द्रकान्त पौडेल कोरोनाको विषयलाई लिएर निष्फ्रिकी देखिन्छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

