
काठमाडौं, ११ चैत । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसबाट २४ घण्टामै १४० जनाले ज्यान गुमाएका छन् । यो सँगै त्यहाँ ज्यान गुमाउनेको कुल संख्या ५ सय ५३ पुगेको छ ।
अमेरिकाको न्यूयोर्क विश्वमहामारीको अर्को केन्द्र बन्न सक्नेमा विज्ञहरूले चे’तावनी दिइरहेका छन् । न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइसकेको छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार मात्रै अमेरिकामा १४० को मृत्यु भएको छ भने १० हजार १६८ जना नयाँ सं’क्रमित फेला परेका छन् । अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ४३ हजार ७३४ पुगेको छ । तीमध्ये २९५ जना पूर्ण रुपमा निको भइसकेका छन् ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले अमेरिकामा ४२ हजार ८४६ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ४० जनाको अवस्था गम्भीर रहेको छ ।
गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ । नेपालमासमेत एकजना कोरोनाका बिरामी भेटिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

