
एजेन्सी, १४ चैत । नोबेल पुरस्कारबाट सम्मानित तथा स्टेनफोर्ड बायोफिजिसिस्ट वैज्ञानिक माइकल लेविटले विश्वमा कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोप समाप्त भइसकेको बताएका छन् । उनका अनुसार कोरोनाभाइरसबाट जतिसम्म खराब अवस्था हुन सक्थ्यो त्यो भइसकेको छ अव विस्तारै यसमा सुधार हुँदै जानेछ ।
लस एन्जल्स टाइम्ससँग कुरा गर्दै वैज्ञानिक लेविटले भने ‘वास्तविक स्थिति त्यति भयावह छैन जति भयावह हुने आशंका गरिएको थियो ।’ जताततै डर र चिन्ताको माहोलमा लेविटको यो भनाइले धेरै आशाको संचार गरेको छ ।
उनको बयान यसकारण पनि अहम छ किनकि यसअघि चीनमा कोरोनाभाइरसको सं’क्रमण र यसको नियन्त्रणका विषयमा उनले एकदमै सटिक भविष्यवाणी गरेका थिए । विश्वभरीका तमाम स्वास्थ्य विशेषज्ञहरुले चीनलाई कोरोनाभाइरसमाथि नियन्त्रण पाउन निकै लामो समय लाग्ने बताइरहँदा लेविटले यसबारे एकदमै सटिक आँकलन गरेका थिए । लेविटले फेब्रुअरीमा लेखेका थिए ‘हरेक दिन कोरोनाका नयाँ मामिलामा गिरावट देखिएको छ । यसबाट यो साबित हुन्छ कि आगामी हप्तामा कोरोनाभाइरसबाट हुने मृ’त्युको दर घट्न थाल्नेछ ।’
ठ्याक्कै उनको भविष्यवाणी अनुसार हरेक दिन मृ’त्युको संख्याकमा कमी आउन थाल्यो । विश्वको अनुमानको विपरित चीन छिटै कोरोनाभाइरसमाथि नियन्त्रण पाउँदै फेरि उठ्यो । दुई महिनाको लकडाउनपछि कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित हुबेइ प्रान्त पनि खुलेको छ । ले
विटले चीनमा ८० हजार सं’क्रमण र ३२ हजार ५ सय मृ’त्युको अनुमान गरेका थिए जबकि अन्य विशेषज्ञले लाखौंमा अनुमान गरेका थिए । लेविटको भविष्यवाणी आजसम्म आइपुग्दा एकदमै सटिक छ ।
अहिले लेविटले पूरै विश्वमा समेत चीनको जस्तै ट्रेण्ड देखिने भविष्यवाणी गरेका छन् । अहिले ७८ देशमा हरेक दिन कम्तीमा ५० नयाँ संक्रमित देखिएका छन् । यो तथ्यांकको विष्लेषणपछि लेविटले अधिकांश देशहरुमा प्रकोपमा कमी आएको संकेत देखिएको बताएका छन् । उनको गणना हरेक देशमा देखिइसकेका संक्रमितको आधारमा नभइ नयाँ थपिएका संक्रमितको संख्यामा आधारित छ । लेविटले भने ‘चीन र दक्षिण कोरियामा नयाँ संक्रमणका केस लगातार घटिरहेका छन् । आँकडा अहिले पनि चिन्ताजनक छ तर यसमा वृद्धिदरमा लगातार गिरावट आइरहेको प्रस्ट संकेत देखिएका छन् ।’
वैज्ञानिक लेविट यो कुरा पनि मान्छन् कि आँकडा अलग हुन सक्छन् र कैयौं देशबाट आधिकारिक आँकडा यसकारण धेरै कम छन् किनकि त्यहाँ परीक्षण कम भइरहेका छन् । यद्यपि उनी मान्छन् कि अधुरो आँकडाका बावजुद लगातार गिरावटको यहप् अर्थ हो कि केही छ जले काम गरिरहेको छ र यो केवल अंकको खेल होइन । उनको यो निष्कर्ष विश्वभरका मानिसहरुको लागि आशाको किरण बनेर आएको छ ।
लेविट सबै देशबाट कोरोनाभाइरसलाई जरैदेखि समाप्त पार्ने विषयमा पनि जोड दिन्छन् । उनका अनुसार सामाजिक दूरी सबैभन्दा जरुरी छ, खासगरी यो कुरा ख्याल गर्नुपर्छ कि ठूलो संख्यामा मानिसहरु एक ठाउँ जम्मा नहोउन् किनकि अधिकांश मानिसहरुमा यो भाइरससँग लड्ने प्रतिरोधी क्षमता नै छैन र भ्याक्सिन बन्न अझै लामो समय लाग्नेछ । उनका अनुसार लक्ष्यसम्म पुग्नको लागि सुरुवातमै संक्रमितको पहिचान गर्नु आवश्यक छ । यसका लागि केवल परीक्षणले चल्दैन । यसका लागि बडी टेम्प्रेचर सर्भिलांसको आवश्यकता छ जो चीनले लागू गरिरहेको छ र सुरुवातमै सोसल आइसोलेसन गरिरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

