
मोरङ, १४ चैत । मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २२ बर्षीय जिवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा पोखरीमा बिक मृत फेला परेका हुन् । पोखरीमा डुबेर मृत अवस्थामा निजका आफन्तहरुले देखे पश्चात प्रहरी खबर गरेका थिए। खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटि गई शवलाई पोखरीबाट बाहिर निकाली कानूनी प्रकृयाका साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

