
बिर्तामोड, १६ चैत । सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि नेपाल वार एशोसिएसनको झापा शाखाले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । झापा वारले आइतवार केन्द्रीय वारमार्फत सरकारले स्थापना गरेको उपचार कोषका लागि रकम पठाएको झापा वारका कोषाध्यक्ष अधिवक्ता अर्जुन वस्नेतले बताए ।
‘सङ्कटका बेला सरकारको अभियानमा सहयोग गर्नु हामी सबैको दायित्व हो’, कोषाध्यक्ष बस्नेतले भने, ‘कोरोना भाइरस विरुद्धको अभियानमा हामी पनि सरकारसँगै छौँ ।’ देशभरका वार एशोसिएसनका शाखाले केन्द्रीय वारमार्फत कोषका लागि रकम पठाइरहेका छन् ।
केन्द्रीय वारले एकद्वार प्रणालीमार्फत रकम सङ्कलन गरी सरकारको कोषमा हस्तान्तरण गर्ने नीति लिएको छ । यसअघि कोषका लागि केन्द्रीय वारले दुई लाख रुपैयाँ उपलब्ध गराएको कोषाध्यक्ष बस्नेतले जानकारी दिए । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सरकारले ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो । कोषमा विभिन्न सङ्घसंस्थाका तर्फबाट रकम जम्मा भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

