
विराटनगर, १६ चैत । प्रहरी चौकी प्राप्चा ओखलढुङ्गामा कार्यरत प्रहरी हवल्दार नविन कुमार ढकाल र इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत प्रहरी जवान सन्तोष भुजेल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागिय मुल्य(मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ व्यक्ति अपहरण, अवैध हातहतियारसहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरु तथा कर्तव्य ज्यान जस्तो जघन्य आपराधको घटना घटाई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न अहम भूमिका निर्वाह गरी अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी चौकी प्राप्चा ओखलढुङ्गामा कार्यरत प्रहरी हवल्दार नविन कुमार ढकाल र इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत प्रहरी जवान सन्तोष भुजेललाई निजहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै सर्वोत्कृष्ट प्रहरी
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

