
झापा, १७ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्न ११ चैतबाट गरेको ‘लकडाउन’ ले गर्दा निर्माणधीन सबै आयोजनाको निर्माण ठप्प भएपछि श्रमिक कामविहीन बनेका हुन् ।
श्रमिकहरु कामविहीन हुनुका साथै तत्कालै काम सुचारु गर्न नसके निर्माणाधीन आयोजनामा लागेको २ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी जोखिममा पर्ने स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

