
ओखलढुङगा, १७ चैत । ओखलढुङगा सुनकोशी–१० कुसादेवी बस्ने महेश्वर बास्तोलाको घरमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ ।
आज बिहान ०७ बजे बास्तोलाको घरमा बिधुत सट भई आगलागी हुदा घर, घर भित्र रहेको भाडावर्तन, अन्नपात,लत्ताकपडा यसै गरी ३ तोला सुन, ७ तोला चाँदी र नगद १ लाख ५० हजार समेत गरी जम्मा २० लाख बराबरको धनमाल जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगा जनाएको छ ।
आगो स्थानीय बाँसीको सहयोगमा नियन्त्रणमा आईसकेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

