
काठमाडौँ, १७ चैत । ग्यासको सिलिण्डर बोेकेका नागरिकलाई सिलिण्डर सहित सडकमा बस्न लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको छ ।
अत्यावश्यक वस्तुको सूचीमा रहेको ग्यास बोक्ने नागरिकलाई यातना दिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन थालेको हो ।
प्रहरीले भनेको छ– सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौँ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

