
युएई, १९ चैत्र । बैदेशिक रोजगारीको शिलसिलामा संयुक्त अरब ईमिरेट्समा रहेका ८ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।
नेपाली दुतावासले जनाए अनुसार फाल्गुन २६ गते २ जना, चैत्र १४ गते २ जना, चैत्र १५ गते २ जना र मंगलबार चैत्र १८ गते पुन २ जना नेपालीमा कोभिड १९ पोजिटिभ देखिएको हो ।
क्रमित सबैको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ मन्त्रालयले जनाएको छ । युएईमा पनि कोरोना भाइरस फैलन थालेपछि पाली दूतावासले आफ्ना नागरिकलाई संयमित बन्न आग्रह गरेको छ। साथै स्थानीय प्रशासनले जारी गरेका नियमहरु सावधानीपुर्वक पालना गर्न दूतावासले विज्ञप्ति मार्फत आग्रह गरेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

