
रौतहट, १९ चैत्र । गाँजा तस्करीमा संलग्न रहेको आरोपमा रौतहटमा एकजना नगरप्रमुख र एकजना नेकपा नेतालाई अदालतले पक्राउपुर्जी जारी गरेको छ ।
इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालत मकवानपुरले पक्राउ पुर्जी जारी गरेको हो । मोहन मेहता मेयर सन्तोष मेहता कै भाई हुन् ।
गएको माघ ११ गते ईशनाथ नगरपालिकाको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्स बाट प्र तिबन्धित अबैध गा जा तस्करी हुदै गर्दा हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी स्थित इलाका प्रहरी कार्यालयले एम्बुलेन्स सहित चालक र सबार ब्यक्ति लाई पक्राउ गरेपछि उनीहरुको अ नुसन्धान बाट दायर भएको मुध्दामा जिल्ला अदालत मकबानपुरले ती दुबै लाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्गमा बा २ झ १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्दा ३० किलो ६०० ग्राम गाँ जा बरामत गरेको थियो । प्रहरीले एम्बुलेन्सका चालक ३९ वर्षीय महम्मद खलिद र सवार रहेका सोही नगरपालिकाको डुमरिया निबासी १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनी पक्राउ परेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

