
काठमाडौँ, १९ चैत । चीनलाई उछिन्दै कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ५५ पुगेको छ ।
त्यसैगरी कोरोना भाइरसको सक्रमितको संख्या विश्वकै सबैभन्दा बढी पनि अमेरिकामै पुगेको छ । अहिले सम्म १ लाख ८८ हजार ५ सय ७८ जनालाई संक्रमणको पुष्टि भइसकेको छ । यसमध्ये सात हजार दुई सय ५१ जना उपचारपछि निको भएर घर फर्की सकेका छन् ।
चीनमा भने अहिलेसम्म मृतकको संख्या ३ हजार ३ सय ५ र संक्रमितको संख्या ८१ हजार ५ सय १८ रहेको छ । त्यसमध्ये ७६ हजार ५२ जना निको भएर घर फर्की सकेका छन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

