
सुनसरी, १९ चैत । सुनसरीको इनरुवा नगरपालिका–६ घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ ।
आज बिहान ११ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को १ च ९६०५ नम्बरको एम्बुलेन्सले बिपरीत दिशाबाट आऊँदै गरेको को १६ प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएकी स्कुटर चालक स्थानीय रत्ना श्रेष्ठको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

