
ओखलढुङ्गा, २० चैत । ओखलढुङगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी ६० लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आज बिहान पौने ७ बजे शेर्पाको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा शेर्पाको टीनको छानो भएको २ तले घर, सोही घरमा रहेको होटल, अन्नपात, भाँडाबर्तन ,लत्ताकपडा , नगद रु २ लाख साठी हजार, पसलको किराना सामान समेत जलेर नष्ट हुँदा अन्दाजी ६० लाख बराबरको क्षति भएको हो ।
त्यसैगरी, छिमेकी टेकमान राई र पदम तामाङको घरमा समेत सामान्य क्षति हुँदा करिव १७ हजार बराबरको क्षति भएको छ । सो आगलागी प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा साँढे ९ बजे नियन्त्रणमा लिईएको थियो भने कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

