
कनकाई, २० चैत । लायन्स क्लब तथा सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले झापा कनकाई र झापा गाउँपालिका तीन जना पत्रकारलाई कोरोना भाइरसकाबाट बच्न पिपिई र मास्क प्रदान गर्नुभएको छ ।
चिमरियाले पत्रकारत्रय कनकाई साप्ताहिकका सम्पादक लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौला, कनकाई अनलाइनका प्रधान सम्पादक केशव चापागाईंलाई एक–एक थान पिपिई प्रदान गर्नुभएको हो । पत्रकारहरु जस्तोसुक्कै जोखिममा पनि समाचार संकलनमा जानुपर्ने भएकाले पीपीई प्रदान गरेको चिमरियाले बताउँनुभयो ।
त्यसैगरी चिमरिया र सहारा नेपालको सयुक्त लगानीमा कनकाई नगरपालिका, झापा गाउँपालिका लगायात जिल्लाभरका नेपाल प्रहरी र ट्राफिक प्रहरी र स्वास्थ्यकर्मीलाई २५ थान पिपिई प्रदान गर्नुभएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

