
विराटनगर, २० चैत । उदयपुर र मोरङका २ स्थानमा पानीमा डुबेर मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका–८ माझीगाउँका ३८ वर्षीय दिल प्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । कोशी किनारामा माछा मार्न गएका माझी आज दिउँसो ३ बजे पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य तथा कानूनी प्रकृया भईरहेको छ ।
त्यसैगरी मोरङको बुढिगंगा गाउँपालिका–६ ऐलानपुरका ४० बर्षीय ठेगिया उरावको ऐलान खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो २ बजे माछा मार्न भनी गएका उराव ४ बजे पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य तथा कानूनी प्रकृया भईरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

