
एजेन्सी, २१ चैत । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ पुगगेको छ । बिहीबार मात्रै भारतमा १४ जनाको मृ’त्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
त्यस्तै भारत कुल संक्रमित २ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ५४४ जना नयाँ संक्रमित भेटिएका छन् । बिहीबार बिहानसम्म भारतमा कुल संक्रमित १ हजार ९९८ थियो ।
हालसम्म भारतमा १९१ जना निको भएर घर फर्किसकेका छन् । बाँकी २ हजार २८० जनामा कोरोना भाइरस सक्रिय रहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

