
एजेन्सी, २१ चैत्र । गत डिसेम्बरको अन्त्यतिर नै कोरोना भाइरसले महामारीको रूप लिने चेतावनी दिने पहिलो व्यक्ति डाक्टर ली वेनलियाङलाई सहिद घोषणा गरिएको छ । उनलाई कोरोना भाइरसको उदगम विन्दु चीनको हुबेई प्रान्तले सहिद घोषणा गरेको हो ।
तर डाक्टर लिको चेतावनीलाई अफवाह मानेर प्रहरीले पक्राउ गरि हिरासतमा समेत राखेको थियो । हिरासतबाट निस्केर पनि उनि कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका थिए । बिरामीहरुको उपचारमा खट्दा खट्दै उनलाई पनि भाइरस संक्रमण भै गत फेब्रुवरीमा उनको मृत्यु भएको थियो ।
वुहानमा हजारौलाइ कोरोना भाइरस संक्रमण हुन थालेपछि चिन सरकारले डाक्टर लिको चेतावनीलाई नबुझ्नु ठुलो गल्ति भएको भन्दै माफी समेत मागेको छ । डाक्टर लि सहित अन्य विशेष १३ जनालाई पनि सहिद घोषण गरिएको छ ।
त्यसै गरि नले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरू सम्झनामा शनिबार देशभरि शोक मनाउने भएको छ। भोलि चीनभित्र र उसका बाहिरका कूटनीतिक नियोगहरूमा चिनियाँ झन्डा आधा झुकाइने छ। देशभरका सबै चिनियाँ नागरिकहरूलाई बिहान १० बजेबाट तीन मिनेटसम्मका लागि मौनधारण गर्न आदेश जारी गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

