
बिर्तामोड, २२ चैत । झापाको बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा कनकाई एजुकेशन फाउण्डेशनले सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड–१९) को संक्रमणका बेला विपन्न परिवारलाई राहत दिन र कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न कनकाई एजुकेशन फाउण्डेसनले ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

फाउण्डेशनका संस्थापक जनयनारयण ढुंगानाले मानव जातिमाथि नै ठूलो विपत्तिका रुपमा कोरोना भाइरसको प्रकोप देखिएकाले फाउण्डेशनले सहयोग गरेको बताउनुभयो । यो विपत्तिको सामना गर्न बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

