
विराटनगर, २३ चैत । इस्लाम धर्म प्रचारका लागि पाकिस्तानबाट नेपाल आएका ९ जना पाकिस्तानी नागरिक नेपालमै रोकिएका छन् ।
उनीहरु नेपालमै रहेका बेला लकडाउन सुरु भएपछि मोरङको सुनवर्षी नगरपालिका(९ स्थित क्वारेन्टाइनमा राखिएको छ ।उनीहरु सबैलाई मोरङ प्रशासनको निर्देशनमा मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको हो ।
बताइएअनुसार उनीहरु गत फागुन १२ गते सुनवर्षी आइपुगेका थिए । कोरोनाको जोखिम रोक्न सरकारले लकडाउन गरेपछि उनीहरु पाकिस्तान फर्किनबाट रोकिएका हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

