
काठमाडौँ, २३ चैत । कोरोना भाइरस कोभिड–१९ को संक्रमितको संख्या विश्वभर १२ लाख १ हजार ९ सय ६४ पुगेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या ६४ हजार ७ सय २७ पुगेको छ । भने २ लाख ४६ हजार ६ सय ३८ निको भएका छन ।
सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ३ लाख ११ हजार ३ सय ५७ जनामा कोभिड–१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि ८ हजार ४ सय ५२ पुगेको छ ।
सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख १६ हजार १ सय ६८ र १ लाख २४ हजार ६ सय ३२ जनामा संक्रमण देखिएको छ ।विश्वमा सबै भन्दा बढी ज्यान गुमाउने देश भने इटाली रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १५ हजार ३ सय ६२ ले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने दोश्रो देश स्पेन रहेको छ । जहाँ ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।
छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म ९९ जनाको ज्यान गइसकेको छ । भने संक्रमितको संख्या ३ हजार ५ सय ८८ पुगेको छ । नेपालमा पनि ९ जनालाई कोभिड–१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

