
दुबई, २३ चैत्र । कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्न युएई सरकारले दुबई शहर कम्तिमा दुई हप्ताका लागि लकडाउन गरेको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो ।
लकडाउनको समयमा यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको गल्फ न्युजले लेखेको छ । लकडाउनको समयमा अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाउने निर्देशन भएको छ ।
भाइरस संक्रमण रोक्न सबैलाई घर भित्रै बस्न र खाद्यान्न लगायतका अत्यावश्यक किन्न परिवारको एक जना मात्र बाहिर निस्कन पाउने पनि बताइएको छ । सरकारको यो निर्णय संगै वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका लाखौ नेपालीहरु पनि सजग रहनु पर्ने हुन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

