
ताप्लेजुङ, २४ चैत । चितवन इच्छा मनकामना–३ सौराह बस्ने २७ बर्षीय चित्र कुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु भएको छ ।
हिजो ताप्लेजुङ फक्तालुङ–६ फेदीखोला स्थित नयाँ निर्माणाधिन उत्तर दक्षिण दोभान(ओलाङचुङगोला सडक खण्डमा स्काईभेटर सडक देखी १०० मिटर तल झरी दुर्घटना हुदा स्काईभेटर चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बैलगाडाबाट लडेर मृत्यु
यसैबीच, सुनसरी कोशी गाउँपालिका–२ का ४८ वर्षीय शिवु यादवको बैलगाडाबाट लडेर मृत्यु भएको छ ।
हिजो अपरान्ह ५ बजे सोही स्थानबाट यादवले बैलगाडा चलाई खेतमा गँहु लिन जाने क्रममा बैलगाडा नहरको खाल्डोमा परी पल्टदा गम्भिर घाईते भएका यादबको जिल्ला अस्पतला ईनरुवामा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

