
बिर्तामोड, ८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी (एस) झापाले यहाँका सबै पालिकाको प्रमुख÷उप प्रमुख, अध्यक्ष उपाध्यक्षका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
पार्टीले आज १५ वटै स्थानीय तहका लागि उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफासिरस गरेर पठाइएको नेकपा एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका आठ नगरपालिका मेचीनगर नगरपालिकाको प्रमुखमा शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ, उप–प्रमुखमा बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा, अर्जुनधाराको प्रमुखमा भास्कर काफ्ले, प्रत्युश राना, उप प्रमुखमा रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा, बिर्तामोडको प्रमुखमा चन्द्रकला घिमिरे, चेतानन्द निरौला, उप प्रमुखमा तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला, कनकाईको प्रमुखमा नारायणसिंह राजवंशी, उप प्रमुखमा अम्बिका उप्रेतीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, भद्रपुरको प्रमुखमा पुष्प पोखरेल, दुर्गा भट्टराई, उप प्रमुखमा पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल, शिवसतासीको प्रमुखमा नवीन इजम, उप प्रमुखमा यसोधा भट्टराई, गौरादहमा प्रमुख खगेन्द्र दाहाल, नारायण राजवंशी, उप प्रमखमा लक्ष्मीदेवी चौधरी र दमक नगरपालिकाको प्रमुखमा इन्द्र बुडाथोकी, भरतबाबू कार्की, उप प्रमुखमा रामकुमारी तामाङ, लक्ष्मी चौधरी नाम सिफारिस गरिएको छ ।
यस्तै, सात गाउँपालिका अन्तरगत बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा दुर्गा आचार्य, पुष्प खतिवडा, उपाध्यक्षमा प्रदीप धिमाल, कमलको अध्यक्षमा हरिमाया मैनाली, खगेन्द्र बाराकोटी, उपाध्यक्षमा होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी, कचनकवलको अध्यक्षमा खेपचरण यादव, अध्यक्षमा मेहरमान राजवंशी, बाह्रदशी अध्यक्षमा लक्ष्मी पकुवाल, सीताराम बस्नेत, उपाध्यक्षमा सुस्मा मुर्मू, गौरीगञ्जको अध्यक्षमा हिराकाजी गिरी, हुपनारायण राजवंशी, झापाको अध्यक्षमा रामबहादुर खड्का, उपाध्यक्षमा ईश्वरी दाहाल, हल्दिबारीको अध्यक्षमा टीका पौडेल रहेको प्रचार विभाग प्रमुख सिग्देलले बताउनुभयो । उम्मेदवारको टुंगो पार्टी प्रदेश कमिटीले लगाउने उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



