
अर्जुनधारा, १२ बैशाख । अर्जुनधारा नगरपालिकाबाट बलदेव गोम्देन मेयरको उम्मेदवार भएका छन् । उनी १० नम्बर वडाको निर्वाचित वडाध्यक्ष हुन् भने नेकपा एमाले अर्जुनधारा नगर कमिटीका अध्यक्ष पनि हुन् ।
पार्टीका अनुसार उपमेयरमा खड्गया पराजुलीलाई चयन गरेको प्रदेश इन्चार्ज देवराज घिमिरेले जानकारी दिए । पराजुली वडा नं २ की वर्तमान सदस्य हुन् । यस्तै, उनी न्यायिक समितिकी सदस्य पनि हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



