
बिर्तामोड, १२ बैशाख । नेपाली कांग्रेस झापा क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका छन् ।
थापाले आज बिहान कांग्रेस झापा सभापति देउमान थेवेलाई राजीनामा पत्र बुझाएका हुन् । कनकाई नगरपालिकाका नगरप्रमुखका आकांक्षी थापाले अन्तिम अवस्थामा टिकट नपाएपछि पार्टीमा केही लोभीपापीले जरो गाडेको भन्दै राजिनामा दिएका हुन् ।
लामो समयदेखि राजनीतिसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएका थापाले टिकट नपाउँदा उनका समर्थक तथा शुभचिन्तकहरु दुखी भएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



