
बिर्तामोड, १२ बैशाख । स्थानीय तह निर्वाचनमा झापामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । कांग्रेस र माओवादीले प्रमुख र उपप्रमुखमा १० वटा पालिकामा सहमति गरेका छन् ।
त्यसमध्ये ९ वटा पालिकाको प्रमुख र एउटाको उपप्रमुख नेपाली कांग्रेसले लिएको छ भने नेकपा माओवादीले ९ वटा पालिकाको उपप्रमुख लिएको छ । दमक नगरपालिकाको प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने गठबन्धनबिच सहमति भएको छ ।
हल्दिबारी गाउँपालिकाको प्रमख नेकपा माओवादीले लिने गरी छलफल भइरहेको माओवादी केन्द्र झापाका सहइञ्चार्ज सिपी कडरियाले जानकारी दिए । यद्यपी हल्दिबारीमा दुवै दलले आफ्नो तर्फबाट प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । बाँकी पालिकामा मित्रवत प्रतिष्पर्धा गर्ने दलहरु बीच सहमति भएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



