
झापा, १२ बैशाख । पछिल्लो विवरणअनुसार स्थानीय तहको निर्वाचनका लागि देशभर ८२ हजार २१० ले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० मनोनयन दर्ता गराएका हुन् ।
यसमध्ये नगर प्रमुखमा २ हजार २ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी अध्यक्षमा २ हजार ४ सय ९७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, दलित महिला सदस्यमा १३ हजार ५ सय ५४ सदस्यमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको हो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



