
कनकाई, १२ बैशाख । नेकपा एमालेले कनकाईमा प्रमुख र उपप्रमुखमा पुरानै अनुहार दोहो¥याएको छ । नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुखमा मञ्जु प्रसाईंलाई नै पार्टीले दोहो¥याएको हो ।
पार्टीले आज ४७ जना उम्मेदवारको नाम मनोनयन गराएको छ । मनोनयपछि पोखरेलले आफूले उम्मेदवारी दिनुको प्रमुख कारण जनताको माग र पार्टीको अनुरोध रहेको बताए । आफ्नो नगरले निक्कै महत्वपूर्ण कामहरु गरेको र आफूले थालेका कमहरु अधुरा रहेकोलाई सम्पन्न गरी समृद्ध नगर बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमालेले मनोनयन दर्ता गराएका वडाध्यक्षका उम्मेदवारहरु १ मा सुशिलकुमार पोखरेल, २ मा बलराम राई, ३ मा युवराज चम्लागाई, ४ मा रोशन सुवेदी, ५ मा कृष्णबहादुर राई, ६ मा दीर्घबहादुर थापा, ७ मा प्रकाश शिवाकोटी, ८ मा प्रेमबहादुर कटुवाल र ९ मा राजेन्द्रप्रसाद उप्रेती रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



