
बिर्तामोड, १३ बैशाख । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवार जनताको घरदैलोमा पुग्न थालेका छन् ।
जनतालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै उनीहरु जनताको घरदैलोमा पुग्न थालेका हुन् । यसै सन्दर्भमा नेकपा एमाले अर्जुनधाराका नगर प्रमुख पदका उम्मेदवार बलदेव गोम्देन र उपप्रमुख पदकी उम्मेदवार खड्गमाया पराजुली जनताको घरदैलोमा पुग्न थालेका छन् । जनताको पीरमर्का बुझ्दै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीहरु मतदानका लागि आग्रहका साथ जनताको घरदैलोमा पुगेका हुन् ।
यतिबेला उनीहरु अर्जुनधारा वडा नं. ७ का उम्मेदवार गोविन्द खतिवडाका साथ वडाका घरघरमा पुग्दैछन् । आज वडा नं. ७ र ४ मा चुनावी अभियान सञ्चालन भइरहेको छ भने नगर प्रत्यके वडाका घरघरमा पुग्ने जनाइएको छ ।
जनताको घरदैलोमा पुग्दा आफूहरुले जनताको साथ र समर्थन पाएको उम्मेदवारहरुको भनाइ छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



