
झापा, १३ बैशाख । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख÷उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख/उपाध्यक्षको उम्मेदवार बनाएको हो ।
नेपाली काँग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुखरउपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश पालिकामा उपप्रमुख÷उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको बताइएको छ ।
गठबन्धनका तर्फबाट मेचीनगरमा प्रकाश भण्डारी, बिर्तामोडमा सिपी कँडेल, भद्रपुरमा शिवराज भण्डारी, गौरादहमा पुष्प ढकाल, शिवसताक्षीमा महेन्द्र भट्टराई, अर्जुनधारा नगरपालिकामा जिनेश योञ्जन र बाह्रदशीमा शङ्कर सेढाईं, कमलमा पर्शु सुवेदी, बुद्धशान्तिमा खड्ग तिम्सिना, गौरीगञ्जमा अमन राजवंशीलाई उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी झापा गाउँपालिकामा मुनावती गणेश उपाध्यक्षमा र दमक नगरपालिकामा रेगिना उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धन नगर्दा सबै पालिकामा महिला अनिवार्य हुने व्यवस्था संविधानमै उल्लेख छ । हल्दिवारी र कचनकवल गाउँपालिका तथा कनकाई नगरपालिकामा गठबन्धनमा सहमति नभएपछि दुवै दलले उपप्रमुखरउपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाएको बताइएको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तारामणि सापकोटाले पुरुष नभई जितिँदैन भन्ने सामाजिक सोचका कारण पनि महिलाले अवसर नपाएको बताए । उनले भने, “पार्टीमा क्षमता भएका धेरै महिला छन् तर गठबन्धन हुँदा महिला पुरुषलाई मिलाएर लैजानुपर्ने बाध्यकारी अवस्था नहुँदा पनि संविधानमा भएको व्यवस्थालाई क्रस गरिएको हो ।” रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



