
बिर्तामोड, १७ बैशाख । मानिसका निम्ति आनन्द प्राप्त गर्ने आ–आफ्नै शैली छन् । कोही विलाशी जीवन बिताएर आनन्द लिन्छन् । कोही भौतिक उपलव्धिमा मरिहत्ते गरेर आनन्द लिन्छन् । कोही भगवानको भक्तिभावमा गुनगान गाएर आध्यात्मिक तबरबाट आनन्दित भएर लठ्ठ पर्छन् ।
कोही पौरखी भएर त कोही पौरखी नभएर पनि आनन्दीत हुन्छन् । तर समाजमा कोही यस्ता मानिस पनि हुन्छन् जो समाजसेवा भनेपछि हुरुक्कै हुन्छन् । आफ्नोभन्दा असाय, अशक्त, विपन्न तथा दिनदुःखीको हेरचाह र हितमा तनमन र कर्मको अधिकांश हिस्सा समर्पण गरेर समय खर्ची रहेका हुन्छन् ।
सादा जीवन उच्च विचारको सुगन्धले आफूमात्र नभई सिंगो समाज र देशलाई पनि सुगन्धित बनाउने अढोट र संकल्प बोकेर रात दिन नभनी हिंड्ने प्रयत्न गरेर आनन्द लिन्छन् कोही ।
समाजसेवा भनेपछि हुरुक्कै हुने समाजका केही दुर्लभ पात्रहरुमध्ये झापा कन्काई नगरपालिका ९ खाडीबस्ती निवासी शेरबहादुर थापा पनि एक हुन् ।
जसको सादा जीवन उच्च विचार र समाजसेवाको लामो यात्राबाहेक केही सपना छैन । जीवनको अन्तिम अवस्थासम्म पनि समाजसेवामा आफूलाई समर्पित गरिरहने अठोट बोकर हिंडिरहेका छन् ।

वि.स. २०२० साल चैत्र २९ गते तेह्रथुम जिल्ला सिम्ले गाविस वडा नम्बर ३ हालको फेदाप गाउंपालिका १ मा पिता दलबहादुर थापा तथा माता तिलरुपा थापाको कोखबाट माइलो सन्तानको रुपमा जन्मिएका थापाले सानैदेखि गरिबीलाई नजिकबाट बुझेका थिए ।
समय क्रमसंगै सुख पाउँदा नमात्तिने र दुःखमा नआत्तिने बानी बस्दै गयो थापाको ।
उनको परिवार कृषिमा समर्पित थियो । एद्यपी सानैदेखि बुुबाआमाको आज्ञा मान्ने भएकाले उनमा कृषि र समाजसेवाको मोह गहिरिएर गयो ।
बस्तु भाउ , वनपाखा र घाँसदाउरा गरेको रमाईला अनुभव अहिलेपनि उनीसंग अनगिन्ती छन् । उनी लामो समयदेखि निमार्ण क्षेत्रमा पनि आबद्ध छन् ।
उमेर बढ्दै जांदा गरिबीको पीडालाई नजिकबाट बुझेका थापामा समाजसेवा गर्नुपर्छ भन्ने रहर, उत्साह र जोश बढ्दै गयो ।
त्यही उत्साहले उनलाई अहिलेसम्म समाजसेवाजस्तो पवित्र कार्यमा सक्रिय बनाएको छ । जतिबेला संकट आउँछ त्यति बेला कन्काई नगर, जिल्ला तथा देशले समाजसेवी थापालाई सम्झने गर्छ ।
जिल्लाका हरेक समस्यामा ध्यान दिने थापाले सुरक्षाकर्मी, बाढी पीडित, आगलागि , कोभिडबाट पीडित परिवार ,स्वास्थ्यकर्मी समेतलाई खाद्ययन्न लत्ता कपडा तथा स्वास्थ्य सामाग्री वितरण गरिसकेका छन् ।
थापा आफ्नो क्षेत्रमा पुलपुलेसा, बाटोघाटो निर्माण, सरसफाई अभियान, प्राकृतिक विपद् नियन्त्रण तथा मानवीय हितको निम्ति लामो समयदेखि सक्रिय हुँदै आएका छन् ।
जसको कारण उनको लोकप्रियताको दिनानुदिन बढिरहेको छ । उनी भन्छन्–‘म काम गर्छु तर फलको आश गर्दिनँ । यतीमात्र हो कि हामी जन्मेपछि समाजको लागि केही गर्नैपर्छ । मैले पनि समाजको हितको निम्ति केही गर्ने प्रयासमात्र गरेको हुँ यो मेरो कर्तब्य हो । ’
आफ्नो ज्यानको प्रभा नगरी नागरिकको जिवन बचाउन समाजसेवामा खटिएका शेरबहादुर
. समाजमा विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमण र त्रास अझ सम्म कायमै छ । संकक्रमणको दर र मृत्युदर घटे पनि जोखिम अझै यथावत रहेको छ । कोभिडको विषय परिस्थितिमा केहि समय अघि गाउँ–शहर, छरछिमेकमा पनि मानिसको आउजाउ निकै पातलो देखिन्थे ।
त्यसबेला कोभिड–१९ का कारण होस् वा अन्य कारणले होस् — समस्यामा परेका घर–परिवार र मानिसले सहयोग पाउन सकिइरहेका थिएनन् । उनी स्वंम पनि कोभिडबाट संक्रमित भए । तर आफ्नो ज्यानको प्रभा नगरि ५९ वर्षीय थापा आफूलाई सुरक्षित राख्दै कोभिड–१९ का कारण समस्यामा परेका मानिसको घरदैलोमा पोषिलो खानेकुरा, फलफूल र औषधि लिएर पुगे ।
विहानै उठेर कोभिड–१९ का कारण ज्यान गुमाएका परिवार तथा संक्रमित र उनका परिवारसँग समवेदना साट्न, संक्रमित अवस्थामा रहेका व्यक्ति र तिनका परिवारलाई साहस र आत्मबल प्रदान गर्न पुगिरहे । उनले बर्षौं यो सेवाकार्यलाई दिनचर्या नै बनाए । आफ्नो नीजि खर्चमा संयौको उपचार गरे लाखौं रुपैंयाको खाद्ययन्न र स्वास्थ्य सामाग्री वितरण गरे ।
तीनै थापाले कन्काई नगरको मेयरमा उठ्ने सोच बनाए । लामो समयदेखि नेपाली कांग्रेसमा रहेर राजनीति संगै समाजसेवामा लागेका थापाले पार्टीले टिकट दिने कुरामा ढुक्क थिए । तर उनको सोच र विचारमाथि पार्टीले धोका दियो । जनताको मनमा बसेर सेवा गर्छु भन्दा उनलाई पार्टीले टिकट दिएन । उनलाई पत्याइएन ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पक्षको भएकै कारण कांग्रेसका नेता कृष्ण सिटौला पक्षका प्रदेश तथा जिल्ला नेतृत्वले थापा टिकट पाउन योग्य हुंदा हुंदै बाइपास गर्यो । प्रदेश १ सभापति उद्धव थापा र जिल्ला सभापति देउमान थेवेले योग्य हुंदा हुंदै टिकट नदिएको उनको गुनासो छ ।
अन्तिम अवस्थामा टिकट नपाएपछि कांग्रेस परित्याग गरेर कन्काई नगरको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका थापा अहिले मतदाताको घर आंगनमा पुगिरहेका छन् ।
नेपाली कांग्रेस छाड्दा मन रोयो थापाको
स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा घात गरेको भन्दै नेपाली कांग्रेसका क्षेत्र २ का महाधिवेशन प्रतिनिधि थापाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिए ।
कनकाई नगरपालिकाको मेयरमा आकांक्षी थापाले अन्तिम अवस्थामा आएर जिल्ला प्रदेश नेतृत्त्वले टिकट नदिएपछि जिल्ला सभापति देउमान थेवेलाई बैशाख १२ गते
पार्टी कार्यालयमा गएर राजिना पत्र बुझाए । तर राजीनामा बुझाउंदै गर्दा उनको मन रोएको थियो । ३७ बर्षे लामो कांग्रेस राजनीति त्याग गर्दा उनका शुभ चिन्तक र उनी जस्ता असल कार्यकताहरुमा नैरश्यता छाएको छ ।
नेपाली कांग्रेस पार्टी आफैँमा नराम्रो नभएको भन्दै उनले कांग्रेस पार्टीलाई हांक्ने नेताको व्यक्तिगत स्वार्थ तथा हेपाह प्रबृद्धि विरुद्ध राजीनामाको विकल्प नभएको उनको भनाई छ ।
जनताको दुःखमा र सेवामा समर्पित हुन मेयरको उम्मेद्वारी दिएका थापा अहिले जनताको घर दैलोमा ब्यस्त छन् । गरिव तथा विपन्नको दुःखको सारथी रहेका थापाको चर्चा अहिले निक्कै माथि रहेको छ ।
सेवा गरे मेवा अवश्य मिल्ने बताउने थापा सधैं अरुको हितको निम्ति केही गर्न कहिल्यै हिम्मत हार्न नहुने र ईमान्दारीता कहिल्यै छोड्न नहुने बताउंछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



