
मेचीनगर, १८ बैशाख । स्थानीय तह निर्वाचनको मुखैमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा चन्द्रबहादुर राई, सूर्यप्रसाद राई, प्रेमकुमारी राई, रिता पोद्धार, निशा पोद्धार, हिरा राई, मोहमद सरिफलगायत नेकपा माओबादी केन्द्रमा प्रवेश गरेको नगर सहइन्चार्ज प्रकाश खड्काले जानकारी दिए ।
माओवादी केन्द्र मेचीनगरको पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनीहरुलाई माओवादी नेताहरुले स्वागत तथा सम्मान गरेका छन् ।

कार्यक्रममा माओवादी केन्द्र झापा सहइन्चार्ज पुरुषोत्तम चुडाल, नगर उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारी, क्षेत्रीय संयोजक माधव अर्याल लगायतले स्वागत एवम सम्मान गरेका हुन् । पार्टीका नगर अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव कृष्ण कौशलले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



