
भद्रपुर, १९ बैशाख । झापाको सदरमुकाम नगर, देशकै पुरानो नगरपालिका भद्रपुर पुरानै छ । विकासका दृष्टिकोणले भद्रपुर झापाकै अन्य पालिकाको तुलनामा पछि नै छ । धेरै शासन, प्रशासन, व्यवस्था, नेता, जनप्रतिनिधि आए, गए । तर, विकासको सारभूत कुराबाट अहिले पनि भद्रपुर विमुख छ, बञ्चित छ ।
यही सेरोफेरोमा भद्रपुर नगरको विकासका लागि अहिले नविन सोचका साथ सामाजिक व्यक्तित्व शिवकुमार राजभण्डारी अग्रमोर्चामा देखिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उपप्रमुखको उम्मेदवारको रुपमा उनी अहिले नगरको मुहार फेर्ने सोच, योजना, उद्देश्यका साथ अघि बढेका छन् ।
जनताको पीरमर्कालाई आफ्नो पीरमर्का सम्झने सामाजिक अभियानी शिवकुमारको विशेषता नै हो । धेरै रोगी, बिरामीहरुको उपचारमा उहाँको नेतृत्वमा चलेको अभियान सफल भएका छन् । धेरैले जीवन पाएका छन् । जन्मकर्मदेखि मृत्यु कर्म, कसैलाई अफ्ठयारो पर्यो भने उनकै नाम अग्रपंक्तिमा आउँछ ।
विकाशील सोच नभएकै कारण भद्रपुरले काँचुली फेर्न नसकेको उनको भनाइ छ । जनताभन्दा आफू र आफ्नालाई काखी च्याप्ने अकरिलो अवस्थाले मुलुकको विकास नभएको यथर्थालाई चिर्दै भ्रष्टाचाररहित, सुशासनयुक्त, कुनै पनि आर्थिक चुहावट मुक्त नगर बनाउने उनको सोच छ ।
जनसेवामा सदैव तल्लीन शिवकुमारले जनताको सेवाकै निम्ति अहिले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । भन्छन्, ‘मुलुकको व्यवस्था बदलिए पनि, अवस्था बदलिन सकेको छैन, अवस्था बदल्न नै मैले भद्र्रपुरको उपप्रमुखमा उम्मेदवारी दिएको हुँ ।
वैज्ञानिक कर प्रणाली, चुस्त दुरुस्त सेवा, भ्रष्टाचार र चुहावट कर्म गर्न सके जनताका आधा समस्या समाधान गर्न सकिने उनको कथन छ । ‘जनता कर तिर्न हिच्किचाउँदैनन्’, उनी भन्छन्, ‘तर, करको हिसाब खोज्छन्, त्यसको सदुपयोग हुन जरुरी छ ।’ पारदर्शी र मितव्ययी भएर जनताको सेवामा समर्पित हुने हो भने समृद्ध भद्रपुर नगर बनाउने कुरा धेरै टाढाको गन्तव्य नभएको उनी सुनाउँछन् ।
शिवकुमारकै नेतृत्वमा गठित दिपा बि.क. बचाउ अभियान, रुपा राना मगर बचाउ अभियान, राशिका राई बचाउ अभियान लगायतका धेरै अभियान सफल भएका छन् । जसले जीवनमरणको दोसाधमा रहेकाहरु पुनः सामान्य जीवनमा फर्किएका छन् ।
कञ्चनजंगा अपांग संघ, चन्द्रगढी सेवा समाज, रेडक्रस सोसाइटी, किचकबध धार्मिक, ऐतिहासिक पर्यटकीयस्थलका आजीवन सदस्य शिवकुमार राजभण्डारी साना किसान पृथ्वीनगर र नेवा समाज कल्याण गुठीको आलेप संयोजक, देशिअ कृषि बजारका अध्यक्ष, वीरेन्द्र नमुना क्याम्पसका सल्लाहकार हुन् । त्यसै, पूर्व प्रधानाध्यापक तथा क्याम्पस अध्यापकसमेत हुन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



